काठमाडौं। ग्ल्यामर दुनियाँमा सबैभन्दा पीडित को होला ?
झ्वाट्टै जवाफ आउँछ – महिला। मान्यता नै यस्तै बनिसकेको छ। रंग समाचारदेखि कानेखुसीसम्म रंगदुनियाँमा काम गर्ने महिलाहरू विभिन्न कारणले पीडित भएको सुनिने गरिन्छ।
सबैभन्दा बढी त यौन उत्पीडनको चर्चा चल्ने गर्छ।
अभिनेत्री तथा फिल्म निर्माता रेखा थापाको भने यसमा फरक मत छ।
“चलचित्र नगरीमा महिला मात्र नभएर पुरुषहरू पनि पीडित छन्। उनीहरूका कथा बाहिर नआएका मात्र हुन्”, आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले फरक मत राखिन्। भनिन, “महिला यौनका कारण शोषित होलान्। पुरुषहरू आर्थिक शोषणमा परेका छन्।”
थापालाई समर्थन गर्दै अर्की अभिनेत्री स्वस्तिमा खड्काले थपिन्, “आजभोलि त पुरुषहरू पनि यौन शोषणमा परिरहेका छन्।”
त्यसैमा थपिइन् अर्की अभिनेत्री लक्ष्मी बर्देवा। भनिन्, “पछिल्लो समय महिला र पुरुष दुवै यौन हिंसाको शिकार भइरहेका छन्।”
तर, उनको थोरै फरक बुझाइ थियो, “क्षमता भएकाले त्यस्तो समस्या भोग्न परिरहेको छैन। तर, क्षमता नभई आउनेहरू स्वभाविकरूपमा यौन तथा आर्थिक शोषणमा परिरहेका छन्।”
पत्रकार डिबी खड्काद्वारा लिखित कथा संग्रह ‘नियत’ लोकार्पण कार्यक्रममा यी तीन अभिनेत्रीले आ-आफ्ना अनुभव पनि सुनाए।
“‘म तिमीलाई स्टार बनाइदिन्छु तिमिले मेरो स्वार्थ पूरा गरिदिनुपर्छ’ भन्ने खालका अभिव्यक्ति नआएका भने होइनन्। तर मैले वास्ता गरिनँ”, अभिनेत्री लक्ष्मीले सफाइ दिइन्, “म भने यस्तो यौन हिंसाकै शिकार त भइन।”
स्वस्तिमाले पनि त्यस्तै अनुभव सुनाइन्, “शुरू-शुरूमा मलाई पनि त्यस्ता खालको म्यासेजहरू आउँथ्यो। त्यस्ता मान्छेहरू संगत नै गर्न छाडेकी थिएँ। वा उनीहरूलाई ब्लक नै गरिदिन्थें।”
‘नियत’मा रंगदुनियाँमा काम गर्ने नायिका, गायिका र मोडल गरी ३५ जनाले भोगेका समस्या उजागर गरिएको लेखक खड्काले बताए।
" /> काठमाडौं। ग्ल्यामर दुनियाँमा सबैभन्दा पीडित को होला ?झ्वाट्टै जवाफ आउँछ – महिला। मान्यता नै यस्तै बनिसकेको छ। रंग समाचारदेखि कानेखुसीसम्म रंगदुनियाँमा काम गर्ने महिलाहरू विभिन्न कारणले पीडित भएको सुनिने गरिन्छ।

">