उत्तर कोरियाका सर्वोच्च नेताको महिलालाई अपिल– सैनिकलाई पत्र लेखेर मनोबल बढाउ एजेन्सी। उत्तर कोरियाका सर्वोच्च नेता कीम जोङ्ग उनले देशका महिलाहरुलाई पत्र लेखी सैनिकहरुको मनोबल बढाउन आग्रह गरेका छन्। देशमा चलिरहेको सोसलिस्ट वुमन युनियनको सम्मेलनलाई सन्देश पठाउँदै उनले महिलाहरुलाई पारम्परिक कपडा पहिरनसमेत भनेका छन्। उनले महिलाहरुलाई निर्माण स्थलमा गएर राष्ट्रिय गीत गाउन पनि अनुरोध गरेका छन्। बालबालिकालाई विदेशी विचारधारा, संस्कृति र जीवनशैलीबाट बचाउने जिम्मेवारी महिलाको भएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्