काठमाडौं। पास्तिानका पूर्वराष्ट्रपति जनरल परवेव मुसर्रफलाई मृत्युदण्ड नहुने भएको छ।
आज पाकिस्तानको लाहोर उच्च अदालतको पूर्ण इजलासले मुसर्रफलाई मृत्युदण्ड दिने विशेष अदालतको फैसला गैरकानूनी ठहर गरेको छ। योसँगै उनलाई मृत्युदण्डको सजाय नहुने भएको हो।
पत्रकार अब्दुल हकका अनुसार उच्च अदालतले विशेष अदालतको निर्णयलाई खारेज गरिदिएको छ। उच्चको फैसलासँगै मुसर्रफले मृत्युदण्डको सजाय निस्प्रभावी भएको एडिसनल अटर्न जनरल इस्तियाक ए. खानले बताएका छन्।
मुसर्रफलाई देशद्रोहको आरोपमा विशेष अदालतले १७ डिसेम्बरमा मृत्युदण्डको सजाय सुनाएको थियो। विशेषको आदेशविरुद्ध उनी उच्च अदालत पुगेका थिए।
उच्च अदालतको फैसलामा विशेष अदालतले कानुनी प्रक्रिया पूरा नगरेको जनाइएको छ। साथै विशेषले कसैसँग परामर्श नगरेको तथा अनुमति नलिएको उच्च अदालतले बताएको छ।
धारा ६ मा गरिएको १८ औं संशोधनअनुसार यस्तो सजाय दिन नसकिने उच्च अदालतको ठहर छ।
" /> काठमाडौं। पास्तिानका पूर्वराष्ट्रपति जनरल परवेव मुसर्रफलाई मृत्युदण्ड नहुने भएको छ।आज पाकिस्तानको लाहोर उच्च अदालतको पूर्ण इजलासले मुसर्रफलाई मृत्युदण्ड दिने विशेष अदालतको फैसला गैरकानूनी ठहर गरेको छ। योसँगै उनलाई मृत्युदण्डको सजाय नहुने भएको हो।

">