बेल्जियम। ड्रिम्स नेपाल बेल्जियमले २६ जनवरीमा मिस नेपाल युरोप २०२० आयोजना गर्दैछ।
बेल्जियमको लुभेन शहरमा हुन लागेको मिस नेपाल युरोप कार्यक्रमको अधिकांश तयारी पूरा भइसकेको ड्रिम्स नेपाल बेल्जियमकी संस्थापक योगिता थापाले जानकारी दिइन्।
उनका अनुसार युरोपका विभिन्न देशमा भएको अडिसनबाट छनोट भएका १२ जनाबीच प्रतिस्पर्धा हुनेछ।
युरोपका विभिन्न देशमा रहेका गैरआवासीय नेपाली संघ महिला विभागसँगको सहकार्यमा मिस नेपाल युरोपको अडिसन गरिएको थियो ।
अडिसनमार्फत् फिनल्याण्डबाट निरुशा कार्की, फ्रान्सबाट अस्मिता ढकाल, श्रेया भण्डारी, सुष्मिता न्यौपाने, नर्वेबाट श्रद्धा थापा, अष्ट्रियाबाट स्नेहा मल्ल, सुशिला बोहरा, जर्मनीबाट समा पराजुली, आश्मा घिमिरे, बेल्जियमबाट ज्योति भट्ट, लुना श्रेष्ठ, सविना नेपाली, स्वीजरल्याण्डबाट रोजमेरी भाटिया, आयरल्याण्डबाट संगीता थापा, फिनल्याण्डबाट निरुशा खत्री मिस नेपाल युरोपको टप १२ भित्र छनोट भएकी छन्।
प्रतियोगिताको फाइनल प्रतिस्पर्धाको निर्णायकमा मिस नेपाल २००५ सुगारिका केसी, गायिका नलिना चित्रकार रहने आयोजकले जनाएको छ। फाइनल राउण्डमा उत्कृष्ट हुने सहभागीलाई मिस नेपाल युरोपको ताजसँगै पुरस्कार प्रदान गरिनेछ।
साथै ड्रिम्स नेपालकी संस्थापक योगिता थापा र हिडेन ट्रेजररका अध्यक्ष दिवाकर राजकर्णिकारबीच भएको सम्झौता अनुसार मिस नेपाल युरोपको उपाधि विजेताले नेपालमा आयोजना हुने मिस नेपालको फाइनल राउण्डमा सोझै प्रवेश पाउनेछ।
" /> बेल्जियम। ड्रिम्स नेपाल बेल्जियमले २६ जनवरीमा मिस नेपाल युरोप २०२० आयोजना गर्दैछ।बेल्जियमको लुभेन शहरमा हुन लागेको मिस नेपाल युरोप कार्यक्रमको अधिकांश तयारी पूरा भइसकेको ड्रिम्स नेपाल बेल्जियमकी संस्थापक योगिता थापाले जानकारी दिइन्।

">