तीन वर्षमा १६१ उच्च सैनिक अधिकृतसहित ३ हजार ८०३ जना सैनिक माथि कारबाही काठमाडौं। पछिल्लो करिब तीन वर्षको अवधिमा नेपाली सेनाका १६१ जना रथी तथा अधिकृत र ३ हजार ६४२ जना पदिक तथा अन्यदर्जा गरी कुल ३ हजार ८०३ जना सैनिक कारबाहीमा परेका छन्। २०७५ भदौ २५ देखि २०७८ जेठ २३ गतेसम्मको अवधिमा ती सैनिकलाई कारबाही गरिएको हो। सैनिक आचारण विरुद्ध कार्य गरेका कारण उनीहरुलाई कारबाही गरिएको नेपाली सेनाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्