सिरियाको इद्लिबमा हवाई आक्रमण, सातजनाको मृत्यु
सिरिया। सिरियाको इद्लिब प्रान्तमा हवाई आक्रमण भएकाे छ।

सो आक्रमणमा कम्तीमा सातजना सर्वसाधारण मारिएकाे समाचारमा जनाइएकाे छ।

मारिएका सर्वसाधारणमा केही बालबालिका पनि परेकाे मानवअधिकारवादी संघसंस्थाहरूले जानकारी दिएका छन्।

‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले उक्त इद्लिब क्षेत्रमा केही समय यतादेखि हिंसात्मक हमला नभएकोमा आज यस प्रकारको हमला भएको पाइएको जनाएको छ।

उक्त आक्रमण बिहानबाट निरन्तर रहेको बताइएको छ। अधिकारीहरूले यस हवाई आक्रमण रुसआबद्ध रहेको सेनाले गरेको हुन सक्ने अनुमान गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ ।

सिरियाली सरकारको सहयोगमा रुसमा विद्रोहीलाई लक्ष्य गरी रुसी सेनाले विभिन्न प्रान्तमा गर्दै आएको हवाई आक्रमणहरूमा बारम्बार सर्वसाधारणको मृत्यु भएको पाइन्छ।

सिरियामा सन् २०११ को मार्च महीनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै जनआन्दोलनमा शुरू भएको थियो। सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो।

वर्षौंदेखि जारी गृह युद्धका क्रममा सिरियामा हालसम्म तीन लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यहाँको यस प्रकारको गृहयुद्धबाट लाखौँ व्यक्ति घाइते भएका बताइएको छ।

त्यसैगरी यहाँको हिंसामा परी दशौँ लाख व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन्। रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्