डा. रूइतको जीवनी अब नेपालीमा
डा. रुइतले नै गरेको शल्यक्रियाबाट दृष्टि पाएका सल्यानका शिक्षक तोपबहादुर शर्माले आज पुस्तकको लोकार्पण गरेका हुन्। अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको उक्त किताबलाई लेखक खगेन्द्र संग्रौलाले नेपाली अनुवाद गरेका हुन्।

पुस्तकको लोकार्पणपछि बोल्दै तोपबहादुरले आफू २१ वर्ष दृष्टिविहीन भएर जीवनयापन गर्नुपरेको र यसबीचमा डा. रुइतले आफूलाई नयाँ जीवन दिएको बताए। उनले भने, “आफ्नै हातबाट यति महान डाक्टरको जीवनी लोकार्पण गर्न पाउनु मेरो अहोभाग्य हो।”

तिलगंगा अस्पतालकी सिइओ रिता गुरुङले आफू डा. रुइतसँग तिलगंगा अस्पतालमा शुरुवाती चरणबाटै काम गरेको बताइन्। रुइतको प्रतिबद्धता एवम् काम देखेर प्रेरणा एवम् उत्साह पाएको उल्लेख गर्दै उनले भनिन्, “डा. रुइतले काम मात्रै दिएनन्, सामाजिक एवं परोपकारी काममा लाग्न पनि प्रेरित गर्नुभयो।”

पुस्तक अनुवादक संग्रौलाले कार्यक्रममा पुस्तक अनुवादको चरणका रोचक प्रसंग सुनाए। ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ पुस्तक अनुवाद गरेका उनले डा. रुइतको जीवनीले आफूलाई प्रभावित पारेको र त्यसका लागि तयार रहेको प्रतिक्रिया दिए । आफूले अनुवाद गरेका अन्य पुस्तकको तुलनामा यो अति उत्कृष्ट पुस्तक रहेको उनको ठहर छ।

“जसले मानिसको जीवनमा ज्योति भर्नका लागि, जीवनमा नयाँ ऊर्जा थप्नका लागि केही गर्छ त्यो वास्तवमै उत्कृष्ट हुन्छ,” डा. रुइतको प्रशंसामा संग्रौलाले भने, “डा. रुइतले पनि जीवनमा त्यही काम गरे । पाँचसात मिनेटमा एउटा मानिसलाई अन्धकारबाट उज्यालोमा ल्याउने व्यक्ति हुन् उनी। लक्ष्य प्राप्त गर्ने काममा विवाद झेल्न, जोखिम उठाउन र मर्न पनि तयार रहने व्यक्ति हुन्। रुइत नेपालको सांस्कृतिक वीर हुन्।”

अनाम एवम् अपहिचान एउटा व्यक्ति रुइत जसले आफ्नै संघर्ष एवम् प्रतिबद्धताका कारण डाक्टर बनेर संसारका लाखौं मानिसलाई आँखाको अत्याधुनिक प्रविधिमार्फत त्यो पनि अति कम मूल्यमा उपलब्ध गराएको संग्रौलाको भनाइ थियो।

बाटो जतिसुकै अप्ठ्यारो भए पनि हिँडेपछि अवश्य पुगिन्छ भन्ने उदाहरण रूइतको कर्मबाट पुष्टि हुने लेखक एवं पत्रकार विजयकुमारले दाबी गरे।

कार्यक्रममा डा. रुइतले पुस्तक आफ्नो जीवनको मात्र नभई परिवार, आफ्नो जीवनमा भएका उतारचढाव, सफलता, आरोहअवरोह एवम् तिलगंगा आँखा अस्पतालको संघर्षको भोगाइ सुनाए। डा. रुइतले भने, “मेरो पुस्तकले कसैलाई परोपकार वा सत्कर्मको बाटोमा लाग्न प्रेरित ग¥यो भने मेरो जीवनी सार्थक भयो भन्ने म ठान्नेछु।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्