आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण देशभर आंशिक देखि सामान्य मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्