काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा न्यूरोड टीम (एनआरटी)सँग आज १-० ले पराजित भएपछि नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले खेलाडीप्रति आक्रोश पोखेका छन्।
एनआरटीसँगको खेलपछि उनले आफ्नै खेलाडीको कमजोर प्रदर्शनका कारण हार्नुपरेको बताए। "एनआरटी त्यति राम्रो टीम थिएन। आजै पनि उनीहरूले राम्रो खेलेको होइन। हामीले झूर खेलेर उनीहरूले जितेको हो।"
प्रशिक्षक थापाले विशेष गरी आश गरिएका खेलाडीको प्रदर्शन नराम्रो हुँदा अंक गुमाउनु परेको बताउँछन्। भन्छन्, "चार-पाँच ना प्रमुख खेलाडीमा आश गरेर आइएको हुन्छ। उनीहरूकै प्रदर्शन कमजोर भएपछि के गर्ने?"
बराबरीसँग नेपाल पुलिस क्लब एक स्थान तल झरेको छ। पुलिसले पुलिसले दुई खेल जितेको छ भने एक बराबरी तथा तीन खेल हारेको छ। पुलिस क्लबले गत सिजन दोस्रो स्थानमा रहेको संकटालाई २–१ ले तथा सरस्वती युथ क्लबलाई २–० ले पराजित गरेको थियो।
पछिल्लो खेलमा पुलिस क्लबले उपाधिको दाबेदार दाबी गरेको च्यासल युथ क्लबसँग २–२ को बराबरी खेलेको थियो। प्रशिक्षक थापाले टोलीको उतारचढाव प्रदर्शनबारे सोच्नुपर्ने बेला आएको बताए।
"पुलिस क्लबको यस्तो प्रदर्शन हुन्छ? राम्रो पास छैन, टीम संगठित छैन। फुटबलमा सधैँ एउटै स्तरको प्रदर्शन हुन सक्दैन। १०० बाट ९० हुन्छ। ८० हुन्छ। तर, ४० मा झर्ने भन्ने हुन्छ?", पुलिस क्लबका प्रशिक्षक थापाले आक्रोश पोखे, "किन यस्तो भइरहेको छ, अब अनुसन्धान गर्नुपर्ने बेला भएको छ।"
पुलिस क्लबकै पूर्व मिडफिल्डर थापाले आफ्नो पालामा यस्तो गल्ती गर्ने छुट नभएको स्मरण गरे।
एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले क्लबमा धेरै समस्या भए पनि टीमको जितबाट आफू सन्तुष्ट रहेको बताए। उनले भने, "आजको प्रदर्शन राम्रो त होइन तर तीन अंक महत्त्वपूर्ण हो।"
" /> काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा न्यूरोड टीम (एनआरटी)सँग आज १-० ले पराजित भएपछि नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले खेलाडीप्रति आक्रोश पोखेका छन्।एनआरटीसँगको खेलपछि उनले आफ्नै खेलाडीको कमजोर प्रदर्शनका कारण हार्नुपरेको बताए। "एनआरटी त्यति राम्रो टीम थिएन। आजै पनि उनीहरूले राम्रो खेलेको होइन। हामीले झूर खेलेर उनीहरूले जितेको हो।"

">