पुलिसलाई हराउँदै एनआरटी छैटौं स्थानमा उक्लियाे
काठमाडौं। दर्शन गुरुङको गोलमा न्यूरोड टीम (एनआरटी)ले आज नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौं स्थानमा उक्लिएको छ।

दर्शनले ७६औं मिनेटमा राजेश परियारको पासमा गोल गरेका थिए। जितसँगै एनआरटीको ६ खेलबाट आठ अंक जोडेको छ।

नेपाल पुलिस क्लबको समान आठ अंक भए पनि गोलअन्तरमा एनआरटी छैटौं स्थानमा उक्लिएको हो। पुलिस क्लब सातौं स्थानमा छ।

लिगमा एनआरटीको यो तेस्रो जित हो। एनआरटीले दुई खेल हारेको छ भने एक बराबरी खेलेको छ।

एनआरटीको १० अंक भए पनि गत सिजन पुछारमा रहेर लिगको अन्त्य गरेका कारण एनआरटीको आठ अंक मात्र भएको हो।

गत सिजन एन्फाले रेलिगेशनको प्रावधान हटाएर लिगको पुछारमा रहने दुई टीमको नयाँ सिजन क्रमशः दुई र एक अंक घटाउने निर्णय गरेको थियो। त्यसैले जारी सिजन शुरूमै एनआरटीको दुई तथा मछिन्द्र क्लबको एक अंक घटाइएको छ।

४९औं मिनेटमा तेज तामाङको कर्नरमा अञ्जन राईको हेडिङ न्यूरोड टीम (एनआरटी) एरिक बिष्टले गोललाइनबाट बचाइदिएपछि पुलिस क्लबले अग्रता लिने मौका गुमायो।

६५औं मिनेटमा भेला सिलवालको पासमा जुमानु राईले पेनाल्टी क्षेत्रबाट हानेको प्रहार एनआरटीका गोलकिपर अजित प्रजापतिले रोकेपछि पुलिसले अर्को राम्रो अवसर गुमायो। जुमानु त्यसको एक मिनेटअघि मात्र निरकुमार राईको स्थानमा मैदान प्रवेश गरेका थिए।

७१औं मिनेटमा एनआरटीले पनि राम्रो अवसर खेर फाल्यो। राजेश परियारको क्रसमा जोर्डन एनडेम्बाले गरेको हेड एनआरटीका गोलकिपर शत्रुधन चौधरीले बचाइदिएका थिए।

इन्जुरी समयमा अञ्जन राईको सशक्त भली एनआरटीका गोलकिपर अजितले पञ्च गरिदिएपछि पुलिसको अंक खोस्ने लक्ष्य पूरा हुन सकेन।

आजै दोस्रो खेलमा च्यासल युथ क्लबले सशस्त्र प्रहरी बल (एपीएफ)सँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्