चितवन। चितवन राष्ट्रिय निकुञ्ज र यहाँको राष्ट्रिय वन क्षेत्रमा साउन महीनायता कालगतिका कारण १० वटा गैँडा मरेका छन्। पछिल्लो पटक आज निकुञ्जको माडी क्षेत्रमा पर्ने वनकट्टाको भलुवाई खोलामा एउटा गैँडा मृतावस्थामा भेटिएको छ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार घाइते गैँडा मरेको सूचना प्राप्त भएको छ। सो गैँडाको पोष्टमार्टमका लागि प्राविधिक टोलीसहित आफू त्यसतर्फ जानलागेको उनले जानकारी दिए। केहीदिन अघि सो गैँडा घाइते भेटिएपछि निगरानीमा राखिएको थियो।

घिमिरेका अनुसार साउनयता निकुञ्ज क्षेत्रमा आठवटा र राष्ट्रिय वन क्षेत्रमा दुईवटा गैँडा कालगतिले मरेका छन्। गत वर्ष कालगतिले ४३ वटा गैँडा मरेका थिए। अघिल्ला वर्षमा वार्षिक सरदर २५ हाराहारीमा गैँडा कालगतिले मर्ने गरेको उनले जानकारी दिए।

गैँडा जुधेर, दलदलमा फसेर, करेन्ट लागेर, बूढो भएर मर्ने गरेका छन्। कालगतिले गैँडा मरेका भए पनि तस्करबाट भने पछिल्ला वर्षमा जोगिएको छ। सशस्त्र द्वन्द्वका समयमा एकै वर्ष तस्करले खाग प्रयोगका लागि ३८ वटासम्म गैँडा मारेका थिए।

पछिल्लो गणनाअनुसार देशभर ६४५ गैँडा रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ वटा गैँडा फेला परेका थिए। यस वर्षको चैतमा गैँडा गणना गरिँदैछ।

पछिल्ला वर्षमा कालगतिले गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मृत्युको कारण पत्ता लगाउन समिति गठन गरेको छ। रासस

" /> चितवन। चितवन राष्ट्रिय निकुञ्ज र यहाँको राष्ट्रिय वन क्षेत्रमा साउन महीनायता कालगतिका कारण १० वटा गैँडा मरेका छन्। पछिल्लो पटक आज निकुञ्जको माडी क्षेत्रमा पर्ने वनकट्टाको भलुवाई खोलामा एउटा गैँडा मृतावस्थामा भेटिएको छ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार घाइते गैँडा मरेको सूचना प्राप्त भएको छ। सो गैँडाको पोष्टमार्टमका लागि प्राविधिक टोलीसहित आफू त्यसतर्फ जानलागेको उनले जानकारी दिए। केहीदिन अघि सो गैँडा घाइते भेटिएपछि निगरानीमा राखिएको थियो।

घिमिरेका अनुसार साउनयता निकुञ्ज क्षेत्रमा आठवटा र राष्ट्रिय वन क्षेत्रमा दुईवटा गैँडा कालगतिले मरेका छन्। गत वर्ष कालगतिले ४३ वटा गैँडा मरेका थिए। अघिल्ला वर्षमा वार्षिक सरदर २५ हाराहारीमा गैँडा कालगतिले मर्ने गरेको उनले जानकारी दिए।

गैँडा जुधेर, दलदलमा फसेर, करेन्ट लागेर, बूढो भएर मर्ने गरेका छन्। कालगतिले गैँडा मरेका भए पनि तस्करबाट भने पछिल्ला वर्षमा जोगिएको छ। सशस्त्र द्वन्द्वका समयमा एकै वर्ष तस्करले खाग प्रयोगका लागि ३८ वटासम्म गैँडा मारेका थिए।

पछिल्लो गणनाअनुसार देशभर ६४५ गैँडा रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ वटा गैँडा फेला परेका थिए। यस वर्षको चैतमा गैँडा गणना गरिँदैछ।

पछिल्ला वर्षमा कालगतिले गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मृत्युको कारण पत्ता लगाउन समिति गठन गरेको छ। रासस

"> चितवनमा फेरि मर्‍याे गैँडा, साउनयता मर्नेकाे संख्या १० पुग्याे: Dekhapadhi
चितवनमा फेरि मर्‍याे गैँडा, साउनयता मर्नेकाे संख्या १० पुग्याे
चितवन। चितवन राष्ट्रिय निकुञ्ज र यहाँको राष्ट्रिय वन क्षेत्रमा साउन महीनायता कालगतिका कारण १० वटा गैँडा मरेका छन्। पछिल्लो पटक आज निकुञ्जको माडी क्षेत्रमा पर्ने वनकट्टाको भलुवाई खोलामा एउटा गैँडा मृतावस्थामा भेटिएको छ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार घाइते गैँडा मरेको सूचना प्राप्त भएको छ। सो गैँडाको पोष्टमार्टमका लागि प्राविधिक टोलीसहित आफू त्यसतर्फ जानलागेको उनले जानकारी दिए। केहीदिन अघि सो गैँडा घाइते भेटिएपछि निगरानीमा राखिएको थियो।

घिमिरेका अनुसार साउनयता निकुञ्ज क्षेत्रमा आठवटा र राष्ट्रिय वन क्षेत्रमा दुईवटा गैँडा कालगतिले मरेका छन्। गत वर्ष कालगतिले ४३ वटा गैँडा मरेका थिए। अघिल्ला वर्षमा वार्षिक सरदर २५ हाराहारीमा गैँडा कालगतिले मर्ने गरेको उनले जानकारी दिए।

गैँडा जुधेर, दलदलमा फसेर, करेन्ट लागेर, बूढो भएर मर्ने गरेका छन्। कालगतिले गैँडा मरेका भए पनि तस्करबाट भने पछिल्ला वर्षमा जोगिएको छ। सशस्त्र द्वन्द्वका समयमा एकै वर्ष तस्करले खाग प्रयोगका लागि ३८ वटासम्म गैँडा मारेका थिए।

पछिल्लो गणनाअनुसार देशभर ६४५ गैँडा रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ वटा गैँडा फेला परेका थिए। यस वर्षको चैतमा गैँडा गणना गरिँदैछ।

पछिल्ला वर्षमा कालगतिले गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मृत्युको कारण पत्ता लगाउन समिति गठन गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्