नेपाल–भारत सीमामा अब ड्रोनमार्फत अवैध रक्सी उत्पादन गर्ने स्थल पहिचान गरिने एजेन्सी। नेपालबाट भारतमा हुने मदिराको तस्करी रोक्न भारतले नेपाल–भारत सीमा वरपरका जंगलमा ड्रोन उडाउने भएको छ। उत्तर प्रदेश प्रहरीले सीमामा ड्रोन उडाउने भारतीय अखबर टाइम्स अफ इण्डियाले जनाएको हो। सीमा क्षेत्रमा रहेको जंगल हुँदै नेपालबाट अवैध तरिकाले मदिरा तस्करी भएको निस्कर्ष निकाल्दै ड्रोन क्यामराको सहायताले अवैध रुपमा मदिरा उत्पादन गर्ने स्थल र बेच्ने ठाउँहरुसमेत पहिचान गरिने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्