उत्तर कोरियाली सर्वोच्च नेताकी बहिनीले भनिन् – अमेरिकासँग वार्ताको सम्भावना छैन एजेन्सी। उत्तर कोरियाका सर्वोच्च नेता कीम जोङ्ग उनकी बहिनी किम यो–जोङ्गले अमेरिकासँग तत्काल कुनै वार्ता नगर्ने बताएकी छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले विशेषदूतमार्फत उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन्। वार्ता नगर्ने उत्तर कोरियाको निर्णयले अमेरिकालाई थप निराश बनाउने उनले बताइन्। उत्तर कोरियाले परमाणु हतियारको क्षमता बढाउन खोजेपछि अमेरिकाले अहिले वार्ताको आह्वान गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्