सुदूरपश्चिम बुद्धिचाल संघकाे अध्यक्षमा क्षेत्री <p>कैलाली। सुदूरपश्चिम बुद्धिचाल संघको पहिलो अधिवेशन धनगढीमा सम्पन्न भएको छ। संघले शान्ति क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत निर्विरोध चयन गरेको छ।</p> <p>समितिकाे प्रथम उपाध्यक्षमा डा.नरेन्द्र ठगुन्ना, द्वितीय उपाध्यक्षमा सत्येस चन्द, सचिव गोपालप्रसाद श्रेष्ठ र कोषाध्यक्षमा धर्मी खड्कालाई चयन गरेको छ।</p> <p>त्यस्तै संघको सदस्यहरूमा बाबुराजा श्रेष्ठ, भरत मल्ल, भक्तबहादुर शाही, प्रकाश कुँवर, महिन्द्रा भट्ट र कुसुम ठगुन्ना चयन भएको नेपाल बुद्धिचाल संघका केन्द्रीय सदस्य धीरेन्द्र बोगटीले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्