राष्ट्रपतिसमक्ष अख्तियारले पेश गर्‍याे वार्षिक प्रतिवेदन <p>काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ।</p> <p>आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।</p> <p>राष्ट्रपति निवास शीतल निवासमा आयोजित एक समारोहमा संविधानको धारा २९४ बमोजिम आयोगले सो प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।</p>
प्रतिक्रिया दिनुहोस्