रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु रोल्पा।रोल्पा नगरपालिका–९ ह्वामा बस्ने ४० वर्षीय टिका सिंह बुढा मगरको घरमा मंगलबार राति पहिरो आउँदा पुरिएर ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ८६ वर्षीया कर्तिमा बुढा, १८ वर्षीया सुशीला बुढा मगर र १५ वर्षीया श्यामकला बुढा रहेका छन्। पहिरोका कारण घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले उद्दार गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्