धनुषा । प्रदेश २ सरकारले बालुवा, गिट्टी उत्खननको विरोध गर्दा टिपरले किचेर हत्या गरिएका धनुषाको मिथिला नगरपालिका-५ का दिलिप महतोको परिवारलाई पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
आज बिहान बसेको मन्त्रिपरिषद्को वैठकले दिलिपको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए।
घर नजिकैको औरही खोलामा अवैध उत्खननको विरोध गर्दै आएका दिलिपको २५ पुसमा टिपरले किचेर हत्या गरिएको थियो।
हत्यामा संलग्न भएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको छ।
" /> धनुषा । प्रदेश २ सरकारले बालुवा, गिट्टी उत्खननको विरोध गर्दा टिपरले किचेर हत्या गरिएका धनुषाको मिथिला नगरपालिका-५ का दिलिप महतोको परिवारलाई पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

">