प्रधानसेनापति थापा बंगलादेशमा
काठमाडौं। बंगलादेश सेना प्रमुख अजिज अहमेदको निमन्त्रणामा प्रधानसेनापति पूर्णचन्द्र थापा चारदिने भ्रमणको क्रममा बंगलादेश पुगेका छन्।

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

ब्रगलादेशमा रहँदा प्रधानसेनापति थापाले त्यहाँका विभिन्न सैनिक एकाइको निरीक्षण भ्रमण र उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ।

थापा १ माघमा नेपाल फर्कनेछन्।

प्रतिक्रिया दिनुहोस्