रकम लिएर लाइसेन्स बनाउने ड्राइभिङ स्कूलका चालक पक्राउ

काठमााडौं। रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एक ड्राइभिङ स्कूलका चालक पक्राउ परेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेतलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले पाँच हजार रुपैयाँ लिएर ट्रायल पास गराउन खोज्ने बस्नेतलाई पक्राउ गरिएको जानकारी दिए।

उनले धनुषाका २६ वर्षीय अमित शाहसँग चालक अनुमतिपत्र बनाइदिने भन्दै रकम लिएका थिए।

बस्नेतलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सातदोबाटो पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्