नेपालमा अड्केका सगरमाथा आरोहीको रोदन : सगरमाथा चढ्नभन्दा घर फर्कन कठिन काठमाडौं। गत महिना सबैभन्दा कम समयमा सगरमाथा आरोहण गरेर रेकर्ड राखेकी हङकङकी नागरिक अदा छाङ यिन–हङ कोरोना महामारीका कारण घर फर्कन पाएकी छैनन्। २५ घण्टा ५० मिनेटमा आरोहण गरी सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको रेकर्ड बनाएकी उनी नेपाल र हङकङबीच उडान नहुँदा अड्केकी भन्दै रोयटर्ससँग भनिन्,“सगरमाथा चढ्न सम्भव र सजिलो थियो, तर घर फर्कन त्योभन्दा कठिन भएको छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्