अमेरिका बिनाशर्त उत्तर कोरियासँग जुनसुकै बेला वार्तामा बस्न तयार एजेन्सी।उत्तर कोरियाका लागि अमेरिकी विशेषदूत सुङ किमले उत्तर कोरियाली नेतासँग भेटवार्ताको लागि प्रस्ताव गरेका छन्।उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीचको भेटवार्ताको लागि प्रस्ताव गरेका हुन्। उनले ‘पूर्वसर्त बिना कुनै पनि समय,कुनै पनि स्थानमा’ भेटवार्ताको प्रस्ताव गरेको जनाएका छन्। कोरियाली नेता किमले केही दिनअघि अमेरिकासँग संवाद र टकराव दुवैको लागि तयार रहेको बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्