काठमाडौं। जिल्ला वन कार्यालय, मकवानपुरका तत्कालीन जिल्ला वन अधिकृत (डीएफओ) सहित १३ जनाविरुद्ध डेढ करोड रूपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। उनीहरूविरुद्ध आठदेखि १० वर्षसम्मको कैद सजाय मागदाबीसमेत गरिएको छ।
सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरूसँगको मिलेमतोमा गैरकानूनीरुपमा काठ कटान गरी विक्री गरेर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको कसुरमा डीएफओ राजेन्द्र न्यौपाने वन कार्यालयका कर्मचारी र सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी समेतलाई एक करोड ५२ लाख १९ हजार ३२६ रूपैयाँ बिगो असुलउपर गर्न अख्तियारले मागदाबी गरेको छ।
२७ पुसमा मुद्दा दायर गरिएकामा जिल्ला वन कार्यालय मकवानपुरका तत्कालीन वन अधिकृत राजेन्द्र न्यौपाने, सहायक वन अधिकृतहरू रामबाबु यादव, राजेन्द्रमान राजभण्डारी, विशाल भट्टराई, सोनालाल जयसवाल र नारायणबहादुर कार्की छन्।
त्यस्तै तत्कालीन रेन्जर राजु लामा, फरेस्टर मोहनराज घिमिरे, बन रक्षकहरू किरणकुमार क्षेत्री र धनलाल यादलाई पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
वन अधिकारीहरूसँग मिलेर गैरकानूनी काठ कटान र बिक्री गर्ने सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमानसिंह न्यासुर, सचिव हरिमाया मोक्तान र कोषाध्यक्ष रेजिना गोलेलाई पनि सोही अनुसारकै बिगो र दुई वर्षसम्म कैद सजायको मागदाबी गरिएको छ।
मकवानपुरको तत्कालीन गढी इलाका वन कार्यालय, सेक्टर वन कार्यालय, जिल्ला वन कार्यालय, क्षेत्रीय वन निर्देशनालय हेटौडासमेतका कर्मचारीहरू र सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूको मिलेमतोमा स्वीकृत कार्ययोजना तथा निर्णय विपरीत उक्त वनका हरिया साल तथा अस्रा जातका रुखहरूको काठ काटेर बिक्री वितरण गरी नेपाल सरकारलाई हानीनोक्सानी पुर्याइ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।
अख्तियारका अनुसार उनीहरूले नौ हजार १७८ क्युबिक फिट काठ काटेर बिक्री गरेका छन्।
" /> काठमाडौं। जिल्ला वन कार्यालय, मकवानपुरका तत्कालीन जिल्ला वन अधिकृत (डीएफओ) सहित १३ जनाविरुद्ध डेढ करोड रूपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। उनीहरूविरुद्ध आठदेखि १० वर्षसम्मको कैद सजाय मागदाबीसमेत गरिएको छ।सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरूसँगको मिलेमतोमा गैरकानूनीरुपमा काठ कटान गरी विक्री गरेर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको कसुरमा डीएफओ राजेन्द्र न्यौपाने वन कार्यालयका कर्मचारी र सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी समेतलाई एक करोड ५२ लाख १९ हजार ३२६ रूपैयाँ बिगो असुलउपर गर्न अख्तियारले मागदाबी गरेको छ।

">