गोकर्णेश्वर मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित २ जना पक्राउ काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा ओखलढुङगा लिखु गाउँपालिका–९ का अंकित घिमिरे र सर्लाही रामनगर गाउँपालिका–६का रुपनायाण शाह छन्। मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी भएको थियो। प्रहरीले उनीहरुलाई ११ थान मूर्ति सहित पक्राउ गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्