जिल्ला न्यायाधीशको नियुक्तिविरुद्ध सर्वाेच्चमा रिट

काठमाडौं। न्याय परिषद्ले १७ मंसिरमा गरेको जिल्ला न्यायाधीशहररूको नियुक्तिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

न्याय परिषद्लाई विपक्षी बनाइ उपन्यायाधिवक्ता हरिशंकर ज्ञवालीले आज दायर गरेको रिट निवेदनमा कानून विपरीत भएको निर्णय न्यायपालिकाको गरिमा र प्रतिष्ठालाई बचाइ राख्नको लागि बदर गर्न माग गरिएको छ।

रिटमा नेपालको संविधानले न्याय सेवामा कार्यरत कर्मचारीबाट पदपूर्ति गर्दा ज्येष्ठता, योग्यतालाई प्रमुख आधार बनाउनुपर्ने भनिएकोमा कर्मचारीबाट जिल्ला न्यायाधीश नियुक्तिको सिफारिस गर्नुपरेमा उक्त आधारको कुनै मूल्याङ्कन नै नगरी स्वेच्छाचारी र हचुवाको किसिमले नियुक्त गरेको उल्लेख छ।

न्याय सेवामा कार्यरत कर्मचारीको समग्र मूल्याङ्कन गरी पुनःनियुक्तिका लागि सिफारिस हुन सक्ने हुँदा पहिलाको निर्णयलाई बदर गरी स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढङ्गले न्यायाधीश नियुक्ति गर्न रिटमा माग गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्