सुर्खेत। जुम्लाको लोपोन्मुख खस भाषालाई जोगाउनका लागि तातोपानी गाउँपालिकाले खसभाषाको पाठ्यपुस्तक तयार गरी विद्यालयमा अध्ययन/अध्यापन गर्न शुरू गरेको छ।
गाउँपालिकाले आफ्नो क्षेत्रका २८ विद्यालयमा स्थानीय खस भाषामा पाठ्यपुस्तक निर्माण गरी पठनपाठन सञ्चालनमा ल्याएको हो।
गाउँपालिकाभरीका २८ विद्यालयमध्ये २५ विद्यालयको १–३ कक्षामा शैक्षिक सत्र ०७५/०७६ मा अध्ययन अध्यापन शुरूआत गरिएको बताइएको छ। आगामी फागुन महीनादेखि शुरू हुने नयाँ शैक्षिक सत्र ०७६/०७७ मा ४–५ कक्षामा पनि पठनपाठन गरिने तातोपानी गाउँपालिका शिक्षा शाखाका प्रमुख छायाँदत्त चौलागाईंले बताए।
स्थानीय खस भाषामा आधारित पाठ्यपुस्तक निर्माण हुने भएकाले पुरानो संस्कार र संस्कृतिको संरक्षण हुने अपेक्षा गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने बताउँछन्।
कक्षा एकको स्थानीय पाठ्यपुस्तकमा प्राकृतिक स्थल, तातोपानी धारा, भण्डार वन, भुरीचुला, नदै डाब, बुदबुदी धाम, इमिल्च्या मन्दिर, सुन्दरगाउँ मष्टो मन्दिर, बाबिरा मष्टो मन्दिर, ठाकुर ज्यू मन्दिर, ऐतिहासिक गुरुफोक्टो, बानियाँ दियार, लछालकृतिक पैकेलो र दरबारजस्ता विषयवस्तु समेटिएको शिक्षा शाखा प्रमुख चौलागाईंले बताए।
त्यसैगरी २–३ कक्षाको पाठ्यपुस्तकमा पनि प्राकृतिक धार्मिक र ऐतिहासिक सम्पदासहित कालीमार्सी धान, फापर, कागुनो, स्याउ, सिमीलगायत स्थानीय कृषिजन्य बाली पाठ्यपुस्तकमा समेटिएको छ।
यार्सागुम्बा, घुच्चीच्याउ, भूल्तया, हात्तिजडाजस्ता जडीबुटीसम्बन्धी पाठ्यपुस्तकमा विषयवस्तु राखिएको गाउँपालिकाले जनाएको छ। पाठ्यपुस्तकमा समेटिएका ऐतिहासिक, पर्यटक, धार्मिक सम्पदा र रैथाने बालीको परिचय, महत्वलाई खस भाषाबाट झल्काएको छ।
गाउँपालिकामा रहेका धार्मिक, पर्यटन, कृषि र जडीबुटी विषयलाई पाठ्यपुस्तकमा समावेश गरिएको उनको भनाइ छ। अतिरिक्त विषयका रूपमा गाउँपालिकाले विद्यालयमा अध्ययन–अध्यापन गर्ने तयारी थालेको छ।
तातोपानी गाउँपालिका–२ तातोपानीस्थित भवानी आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक अर्जुन बुढाका अनुसार गाउँपालिकाले स्थानीय खस भाषामा पर्यटकीय तथा धार्मिक सम्पदा र स्थानीय रैथाने कृषिजन्य वस्तु समेटिएको पाठ्यपुस्तकले बालबालिकालाई ज्ञान हासिल गर्ने मौका मिलेको छ।
विद्यार्थीले सानै उमेरदेखि आफ्नो ठाउँका पर्यटकीय र धार्मिक सम्पदाको ज्ञान लिएका छन् भने यसको महत्वको विषयमा पनि बुझ्ने मौका पाएका बुढाले बताए।
" /> सुर्खेत। जुम्लाको लोपोन्मुख खस भाषालाई जोगाउनका लागि तातोपानी गाउँपालिकाले खसभाषाको पाठ्यपुस्तक तयार गरी विद्यालयमा अध्ययन/अध्यापन गर्न शुरू गरेको छ।गाउँपालिकाले आफ्नो क्षेत्रका २८ विद्यालयमा स्थानीय खस भाषामा पाठ्यपुस्तक निर्माण गरी पठनपाठन सञ्चालनमा ल्याएको हो।

">