अब राहदानी संग्रहालय बनाइने, पुराना राहदानीको खोजी गरिँदै काठमाडौं। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले‘राहदानी संग्रहालय’ स्थापना गर्ने भएको छ। विभागले संग्रहालयमा राख्न पुराना तथा ऐतिहासिक राहदानीहरु एवम् राहदानी सम्बन्धी दस्तावेज, लेख र रचनाहरु संकलन गर्ने कार्य सुरु गरेको छ। विभागले इच्छुक सर्वसाधरणलाई आफू वा आफ्नो घर परिवारसँग रहेको संग्रहणीय राहदानी, विदेशमा यात्रा गर्नको लागि जारी गरिएका कागजात उपलब्ध गराउन समेत अनुरोध गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्