मेलम्चीमै थुप्रियो राहतको सामान काठमाडौं। सिन्धुपाल्चोकमा बाढी पीडितका लागि पुगेका राहतका सामान मेलम्चीमै थुप्रिएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरणमा एकरुपता ल्याउनको एकद्वार नीति लागू गरेको छ। राहत सामाग्री मेलम्चीस्थित इन्द्रेश्वरी माद्यामिक विद्यालयमा गोदाम बनाएर राखिएको छ। हेलम्बु गाँउपालिकामा लैजान भनी दाताले ल्याएको राहत सामग्री समेत मेलम्चीमा नै रोक्ने गरिएको छ। हेलम्बुमा भने हेलिकोप्टरबाट पुर्‍याइएका सामग्रीको मात्रै भर पर्नुपरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्