हेलम्बुमा राहत पुर्‍याउनै समस्या काठमाडौं।बाढीले क्षति पुर्‍याएको सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकामा राहत लैजान समस्या भएको छ। मेलम्ची नगरपालिकाको केही ठाँउ र हेलम्बुका अधिकांश स्थानमा नदीले सडक कटान गरेको छ। बाढीले मेलम्ची नगरपालिकाको सिमखेत भन्ने स्थानमा सडक कटान गरेको छ। चनौटेमा रहेको रातोपुल पनि जोखिममा छ। हेलम्बु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चनौटेको पुललाई बचाउन सके मात्र राहत र पुनर्स्थापनाको काम गर्न सकिने बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्