आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना काठमाडौं। आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेका कारण प्रदेश–१, प्रदेश–२ र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा तथा प्रदेश–१ का एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्