बाढी–पहिरोमा परी २१ जना बेपत्ता काठमाडौं। यस वर्षको मनसुन सुरु भएयताको एक सातामा बाढी र पहिरोका घटनामा परी देशभर २१ जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार बेपत्ता भएकामध्ये १४ जना पुरुष, ५ जना महिला र २ जना बालक रहेका छन्। सिन्धुपाल्चोकमा २० जना र बाजुरामा एकजना बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ताको खोजीकार्य जारी छ। यस्तै विभिन्न जिल्लामा बाढीपहिरोमा परेका १०९ जनाको उद्दार गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्