कैलाली। प्रदेश सभालाई स्थानीय तहसँग समन्वय र छलफलका लागि सुदूरपश्चिम प्रदेश सभामा भिडिओ कन्फ्रेन्स शुरू गर्न लागिएको छ।

संसदीय गतिविधिको विषयमा जानकारी दिन र लिनका लागि यो काम गरिन लागेको सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले बताए।

उनले कुनै विधेयकमा स्थानीय तहका जनप्रतिनिधिको बिचार बुझ्न यसले सहयोग गर्ने उल्लेख गरे।

आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख थापाले प्रदेश सभासँग स्थानीय तहहरू पनि जोडिने बताउँदै प्रदेश सभाको गतिविधि र स्थानीय तहको विषयमा छलफल गर्न भिडिओ कन्फ्रेन्स शुरू हुन लागेको बताए।

यूएनडिपीको आर्थिक सहयोगमा प्रदेश सभा भवनसहित नौ वटै जिल्लामा भिडिओ कन्फ्रेन्सका लागि उपकरणहरू जडान गरिसकेको बताउँदै सभामुख थापाले छिट्टै त्यसलाई प्रयोगमा ल्याइने बताए।

प्रदेश सभालाई अझैं प्रभावकारी बनाउन प्रदेश सभा भवनलाई डिजिटाइलाइज गरिएको उनको भनाइ छ। उनले ६ माघदेखि शुरू हुन लागेको हिउँदे अधिवेशनको प्रत्यक्ष प्रसारण गर्ने तयारी समेत गरिएको बताए। जसका लागि आवश्यक सम्पूर्ण प्रविधि जडान गरिएको सभामुख थापाले बताए।

यस्तै, प्रदेशसभा बैठकमा सूचना सम्प्रेषण गर्न सहजताका लागि मिडिया सेन्टरको समेत स्थापना गरिएको बताउँदै उनले समाचार संकलनका लागि प्रदेश सभा भवनभित्रै जानु पर्ने अवस्थाको अन्त्य भएको बताए।

प्रदेश सभा स्थापना भएको दुई वर्षमा ३२ वटा विधेयक पारित गरेको सभामुख थापाले जानकारी दिए।

" /> कैलाली। प्रदेश सभालाई स्थानीय तहसँग समन्वय र छलफलका लागि सुदूरपश्चिम प्रदेश सभामा भिडिओ कन्फ्रेन्स शुरू गर्न लागिएको छ।

संसदीय गतिविधिको विषयमा जानकारी दिन र लिनका लागि यो काम गरिन लागेको सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले बताए।

उनले कुनै विधेयकमा स्थानीय तहका जनप्रतिनिधिको बिचार बुझ्न यसले सहयोग गर्ने उल्लेख गरे।

आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख थापाले प्रदेश सभासँग स्थानीय तहहरू पनि जोडिने बताउँदै प्रदेश सभाको गतिविधि र स्थानीय तहको विषयमा छलफल गर्न भिडिओ कन्फ्रेन्स शुरू हुन लागेको बताए।

यूएनडिपीको आर्थिक सहयोगमा प्रदेश सभा भवनसहित नौ वटै जिल्लामा भिडिओ कन्फ्रेन्सका लागि उपकरणहरू जडान गरिसकेको बताउँदै सभामुख थापाले छिट्टै त्यसलाई प्रयोगमा ल्याइने बताए।

प्रदेश सभालाई अझैं प्रभावकारी बनाउन प्रदेश सभा भवनलाई डिजिटाइलाइज गरिएको उनको भनाइ छ। उनले ६ माघदेखि शुरू हुन लागेको हिउँदे अधिवेशनको प्रत्यक्ष प्रसारण गर्ने तयारी समेत गरिएको बताए। जसका लागि आवश्यक सम्पूर्ण प्रविधि जडान गरिएको सभामुख थापाले बताए।

यस्तै, प्रदेशसभा बैठकमा सूचना सम्प्रेषण गर्न सहजताका लागि मिडिया सेन्टरको समेत स्थापना गरिएको बताउँदै उनले समाचार संकलनका लागि प्रदेश सभा भवनभित्रै जानु पर्ने अवस्थाको अन्त्य भएको बताए।

प्रदेश सभा स्थापना भएको दुई वर्षमा ३२ वटा विधेयक पारित गरेको सभामुख थापाले जानकारी दिए।

"> सुदूरपश्चिम प्रदेश सभामा भिडिओ कन्फ्रेन्स शुरू गरिंदै: Dekhapadhi
सुदूरपश्चिम प्रदेश सभामा भिडिओ कन्फ्रेन्स शुरू गरिंदै
कैलाली। प्रदेश सभालाई स्थानीय तहसँग समन्वय र छलफलका लागि सुदूरपश्चिम प्रदेश सभामा भिडिओ कन्फ्रेन्स शुरू गर्न लागिएको छ।

संसदीय गतिविधिको विषयमा जानकारी दिन र लिनका लागि यो काम गरिन लागेको सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले बताए।

उनले कुनै विधेयकमा स्थानीय तहका जनप्रतिनिधिको बिचार बुझ्न यसले सहयोग गर्ने उल्लेख गरे।

आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख थापाले प्रदेश सभासँग स्थानीय तहहरू पनि जोडिने बताउँदै प्रदेश सभाको गतिविधि र स्थानीय तहको विषयमा छलफल गर्न भिडिओ कन्फ्रेन्स शुरू हुन लागेको बताए।

यूएनडिपीको आर्थिक सहयोगमा प्रदेश सभा भवनसहित नौ वटै जिल्लामा भिडिओ कन्फ्रेन्सका लागि उपकरणहरू जडान गरिसकेको बताउँदै सभामुख थापाले छिट्टै त्यसलाई प्रयोगमा ल्याइने बताए।

प्रदेश सभालाई अझैं प्रभावकारी बनाउन प्रदेश सभा भवनलाई डिजिटाइलाइज गरिएको उनको भनाइ छ। उनले ६ माघदेखि शुरू हुन लागेको हिउँदे अधिवेशनको प्रत्यक्ष प्रसारण गर्ने तयारी समेत गरिएको बताए। जसका लागि आवश्यक सम्पूर्ण प्रविधि जडान गरिएको सभामुख थापाले बताए।

यस्तै, प्रदेशसभा बैठकमा सूचना सम्प्रेषण गर्न सहजताका लागि मिडिया सेन्टरको समेत स्थापना गरिएको बताउँदै उनले समाचार संकलनका लागि प्रदेश सभा भवनभित्रै जानु पर्ने अवस्थाको अन्त्य भएको बताए।

प्रदेश सभा स्थापना भएको दुई वर्षमा ३२ वटा विधेयक पारित गरेको सभामुख थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्