काठमाडौं। सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ।
सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा आज आयोजक न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि रक्षा गरेको हो।
प्रतिभा मालीको प्रदर्शनमा निर्भर रहेको न्यू डायमण्ड स्पोर्ट्स क्लबले पहिलो र दोस्रो सेटमा कडा चुनौती पेश गरे पनि तेस्रो सेटमा निरीह बन्यो।
सरस्वतीले २६ अंकको योगदान गरेपछि एपीएफले न्यू डायमण्डलाई २५–२०, २५–२३, २५–१८ को सेटमा पराजित गर्यो।
न्यू डायमण्डका प्रशिक्षक कुमार राईले डिफेन्स र ब्लकका कारण उपाधिबाट वञ्चित हुनु परेको बताए। “हामीले विपक्षीले प्लेसिङ गरेको बलमा धेरै अंक गुमायौं। तीनवटै सेटमा अग्रता लिएर पनि सफलता हात पार्न सकिएन”, प्रशिक्षक राईले भने, “पटक–पटक प्लेसिङ बल उठाउन नसक्नु नै पराजयको मुख्य करण बन्यो।”
एपीएफकी सरस्वती प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन्। उनले २१ हजार १०१ रूपैयाँ पुरस्कार जितिन्।
एपीएफले अन्तिम चारमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। गत सिजन पनि एपीएफले न्यू डायमण्डलाई नै पराजित गर्दै उपाधि उचालेको थियो।
जितपछि एपीएफका प्रशिक्षक महेशबहादुर चौधरीले डिफेन्समा र रिसिभमा समस्या भए पनि ब्लक राम्रो भएका कारण जित सम्भव भएको बताए।
“न्यू डायमण्डविरुद्ध जित्ने भनेकै ब्लकले हो। पहिलो र दोस्रो सेटमा हाम्रो रणनीति सफल हुन सकेन। डिफेन्स र रिसिभमा राम्रो भएन”, एपीएफका प्रशिक्षक चौधरीले भने, “तेस्रो सेटमा राम्रो ब्लक गर्न सक्यौं र सहज जित निकाल्यौं।”
न्यू डायमण्डकी प्रतिभा मालीले पनि २६ अंकको योगदान दिएकी थिइन्। तर, पनि टोलीलाई जिताउन भने असफल भइन्। प्रतिभाले प्रतियोगितामा उत्कृष्ट स्पाइकरको उपाधि जितिन्। न्यू डायमण्डकै अरुणा शाही उत्कृष्ट र सलिना श्रेष्ठले उत्कृष्ट डिफेन्सको उपाधि जितिन्।
प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएकी एपीएफकी सरस्वतीले उत्कृष्ट सर्भरको उपाधि पनि जितिन्। एपीएफकी हिरा केसी उत्कृष्ट ब्लकर, महेशबहादुर चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए।
नेपाल पुलिस क्लबकी कोपिला रानाले उत्कृष्ट क्विइकरको उपाधि जितिन्। विधागततर्फ उत्कृष्ट भएका सबैले जनही सात हजार १०१ रूपैयाँ हात पारे।
प्रतियोगिताको उपाधि विजेता एपीएफले चार लाख एक हजार एक रूपैयाँ नगद पुरस्कार जित्दा उपविजेता न्यू डायमण्डले तीन लाख एक हजार १०० रूपैयाँ नगद पुरस्कार जित्यो।
तेस्रो हुने नेपाल पुलिस क्लबले एक लाख ५१ हजार १०१ रूपैयाँ हात पार्दा चौथो स्थानमा रहेको त्रिभुवन आर्मीले ५१ हजार १०१ रूपैयाँ पुरस्कार जित्यो।
नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई ३–० को सेटमा हराउँदै तेस्रो स्थान हात पारेको हो।
" /> काठमाडौं। सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ।सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा आज आयोजक न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि रक्षा गरेको हो।

">