काठमाडौं। ताइवानकी राष्ट्रपति इंग–वेनले आम चुनावमा विजयप्राप्त गरेसँगै दोस्रो कार्यकाल हासिल गरेकी छन्। साई इंग विनले ५७ प्रतिशत भन्दा बढी मत पाएकी हुन्। ८३ लाख मतका साथ उनले प्रतिद्वन्द्वी क्वोमिन्ताङ पार्टीका खान ग्वो यीलाई निकै पछि पारिदिएकी छन्।

चीनको आलोचकको रुपमा चिनिएकीले साई इंग वेनको जिवयलाई महत्त्वपूर्ण मानिएको छ।

आफ्नो जितपछि उनले चीनले ताइवानमाथि कब्जा जमाउने विचारलाई रद्द गर्ने आफ्नो अडान दोहोर्‍याएकी छन्।

पत्रकार सम्मेलनमा उनले भनिन्, “ताइवानले आफ्नो स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यता कसरी उपयोग गर्छ भनेर संसारलाई देखाएको छ।”

अमेरिकाले साईका जीतमा खुसी व्यक्त गर्दै भनेको छ, “यो जित लोकतान्त्रिक व्यवस्थाको हकमा छ।”

अमेरिकी विदेश मन्त्रालयले भनेको छ, “साईको दोस्रो कार्यकालमा ताइवान र अमेरिकाको सम्बन्ध बलियो हुनेछ। हामी लोकतन्त्र, अर्थव्यवस्था र नागरिकको खुशीका लागि सँगै मिलेर काम गर्नेछौं।”

चीनप्रति साईको दुई टिप्पणी

साई इंग–वेनले यही महीना चीनले राखेको ‘एक देश, दुई व्यवस्था’को प्रस्ताव स्वीकार नगर्ने जनाएकी थिइन्।

चीनले प्रस्तुत गरेको यो राजनीतिक प्रस्ताव ताइवानले खारेज गरिदिएको छ।

“हङकङमा पूर्णरूपले असफल प्रणाली स्वीकार गर्ने प्रश्न नै आउँदैन”, ताइवानले भनेको छ।

ताइवानको चुनावमा ‘चीनको डर’ सबैभन्दा ठूलो मुद्दा थियो। चीन शासित हङकङमा महीनौंसम्म चलेको सरकार विरोधी प्रदर्शनका कारण ताइवानको चुनावमा ‘चीनको डर’ ठूलो मुद्दा बनेको सर्वत्र चर्चा चलेको थियो।

चुनावी सभामा साईले भनेकी थिइन्, “हङकङका नागरिकले चीनको ‘एक देश, दुई व्यवस्था’को चिनियाँ प्रणालीलाई पूर्णरूपले अस्वीकार गरिसकेका छन्।”

बेलायती उपनिवेशको रूपमा रहेको हङकङलाई उसले १९९७ मा स्वतन्त्रताका केही विशेष प्रावधानसहित चीनलाई सुम्पिदिएको थियो।

साईले भनिन्, “‘एक देश, दुई व्यवस्था’का कारण हङकङको अवस्था दिनप्रतिदिन बिग्रिँदै गएको छ। चीनले शक्तिको दुरूपयोग गर्दै ‘एक देश दुई व्यवस्था’प्रतिको विश्वासलाई शंकाको घेरामा ल्याइदिएको छ। यस्तो बेलामा चीनको प्रस्ताव स्वीकार गर्न सकिँदैन।”

हङकङमा महीनौंदेखि चीन सरकारविरुद्ध प्रदर्शन जारी छ। चीनले यसलाई नियन्त्रण गर्ने कोशिस गरिरहेको छ। प्रदर्शनकारीले चीनले हङकङको स्वायत्तता उल्लंघन गरेको दाबी गरिरहेका छन्।

ताइवानी संसदले १ जनवरीमा चीनको खतरालाई औंल्याउँदै ‘एन्टी–इन्फिल्ट्रेशन’ कानून पास गरेको थियो। कानून पास भएपछि ताइवान र चीनबीचको तनाव अहिले चरम सीमामा छ।

साईका अनुसार यो कानूनले ताइवानको लोकतन्त्रको रक्षा गर्नेछ। उनले चीनसँगको व्यापारिक सम्बन्ध भने प्रभावित नहुने उल्लेख गरिन्।

चीनलाई भने साईको डेमोक्रेटिक प्रोग्रेसिव पार्टीे ताइवानलाई औपचारिकरूपमा स्वतन्त्र देश बनाउनेतर्फ अग्रसर भएको शंका छ।

चीनले आवश्यक परे ताइवान सरकारविरुद्ध बल प्रयोग गर्न सकिने धम्की दिएको छ।

साईले चीनसँगको वर्तमान सम्बन्ध परिवर्तन गर्न नचाहेको दोहोर्‍याएकी छन्।

ताइवान र चीनबीच विवाद

१९४९ मा टुंगिएको गृहयुद्धपछि चीनले ताइवानमाथि आफ्नो दाबी गर्दै आएको छ। ताइवानले भने आफूलाई स्वतन्त्र र सार्वभौम राष्ट्र भन्ने गर्छ। चीनले आफूलाई ‘जनवादी गणतन्त्र चीन’ भन्छ भने ताइवानले आफूलाई ‘गणतन्त्र चीन’।

सन् १९७१ सम्म संयुक्त राष्ट्र संघको सदस्य ताइवान थियो। २५ अक्टोबर १९७१ मा संयुक्त राष्ट्र संघको महासभाले ‘जनवादी गणतन्त्र चीन’ (मुख्यभूमि)लाई सदस्य चुन्दै ‘गणतन्त्र चीन’ (ताइवान)लाई हटाएको थियो।

चीन भने बल प्रयोग गरेर भए पनि ताइवानलाई मुख्यभूमिमा गाभ्न चाहन्छ।

विजय घोषणापछि साईले ताइपेमा भनिन्, “चीनले धम्की दिन बन्द गर्नुपर्छ।”

“मलाई विश्वास छ बेइजिङ प्रशासनले ताइवान र यहाँको निर्वाचित सरकार कुनै किसिमको धम्की र दबाबबाट प्रभावित हुने छैन”, उनले भनिन्।

साई इंग वेनको वेबसाइटमा उनी वर्तमान प्रणाली र तरिकाअनुसार नै अगाडि बढ्न चाहेको उल्लेख गरिएको छ।

गत वर्षको जुनमा हङकङमा भएको विरोध प्रदर्शनका क्रममा उनले भनेकी थिइन्, “ताइवानको सार्वभौमसत्ता र लोकतन्त्रलाई कमजोर पार्ने हरेक प्रयास असफल हुनेछन्।”

यसै साता बीबीसीसँग कुराकानी गर्दै उनले ताइवानले हङकङबाट पाठ सिक्नुपर्ने बताएकी थिइन्। “यदि हामी बलियो भएर उभिन सकेनौं भने हाम्रो स्वतन्त्रता गुमाउनेछौं।”

६३ वर्षीया साई इंग विन राजनीतिमा आउनु भन्दा पहिले प्राध्यापक थिइन्। उनले अमेरिकामा काँरनल विश्वविद्यालय, लण्डन स्कुल अफ इकोनोमिक्स र ताइवानमा अध्ययन गरेकी छन्।

उनीमाथि सामन्त(सम्भ्रान्त) भएको आरोप लाग्ने गर्दछ तर, समलैंगिक विवाह, भाषाको अधिकार र अन्य मुद्दामा उनलाई युवा मतदाताको समर्थन छ।

ताइवानको अवस्था

चीन र ताइवान दुवैले एक अर्काको सार्वभाैमिकता स्वीकार गर्दैनन् र दुवैले आफूलाई आधिकारिक चीन भन्छन्।

ताइवानलाई स्वतन्त्र देशको रूपमा मान्यता दिने कुनै पनि देशसँग चीनले राजनीतिक सम्बन्ध राख्दैन। संसारमा निकै कम देशले मात्र ताइवानलाई स्वतन्त्र देशको मान्यता दिएका छन्। तर, धेरै देशले व्यापारिक सम्बन्ध भने राख्ने गरेका छन्।

साईका जितको महत्त्व

ताइवानकी राष्ट्रपति साई इंग विनका लागि ८० लाख भन्दा बढी मत प्राप्त गर्नु एउटा असाधारण सफलता हो। उनको यो विजय चीनलाई ठूलो झट्का पनि हो। यो चुनावमा चीन र ताइवानबीचको सम्बन्ध महत्त्वपूर्ण मुद्दा बन्यो र यसको पूरा फाइदा साई इंग विनलाई प्राप्त भयो।

चीनको कम्युनिस्ट पार्टीले ताइवानमाथि दबाब नबनाएको भए र हङकङको समस्या सुल्झाउन समझदारी देखाएको भए, साईको जित यति दमदार हुने थिएन।

चुनावी मतपरिणामपछि बीबीसीले साईलाई सोधेको थियो, “के तपाईं आफ्नो जितको श्रेय चिनियाँ राष्ट्रपति सी चिनफिङलाई दिनुहुन्छ ?”

जवाफमा उनी मुस्कुराइन् मात्र।

– बीबीसीबाट विनय कुमारले गरेकाे अनुवाद

" /> काठमाडौं। ताइवानकी राष्ट्रपति इंग–वेनले आम चुनावमा विजयप्राप्त गरेसँगै दोस्रो कार्यकाल हासिल गरेकी छन्। साई इंग विनले ५७ प्रतिशत भन्दा बढी मत पाएकी हुन्। ८३ लाख मतका साथ उनले प्रतिद्वन्द्वी क्वोमिन्ताङ पार्टीका खान ग्वो यीलाई निकै पछि पारिदिएकी छन्।

"> ताइवानमा साई इंग–वेनले फेरि जितिन् चुनाव, चीनलाई झट्का: Dekhapadhi
ताइवानमा साई इंग–वेनले फेरि जितिन् चुनाव, चीनलाई झट्का

प्रतिक्रिया दिनुहोस्