२२ हजार घुस लिएको आरोपमा लेखा अधिकृत पक्राउ
<p>काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले पूर्वाधार विकास कार्यालय प्रदेश नम्बर ३ ललितपुरका लेखा अधिकृतलाई २२ हजार रूपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ।</p>
<p>सडक निर्माण ठेक्का सम्झौता भई काम गर्दैगर्दा शुरूआती रकम लिन आएका निर्माण व्यवसायीसँग घुस लिएको आरोपमा लेखा अधिकृत विष्णुहरि पुडासैनीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।</p>
<p>लेखा अधिकृत पुडासैनीले निर्माण व्यवसायीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले ललितपुर महानगरपालिका-२३ एकान्तकुनाबाट उनलाई पक्राउ गरेको हो। </p>
<p>आयोगले पुडासैनीलाई २५ पुसमा पक्राउ गरेको र अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्। </p>
प्रतिक्रिया दिनुहोस्
