एसिड आक्रमण पीडितको आजीवन निःशुल्क उपचार काठमाडौं। एसिड आक्रमण परेका व्यक्तिको उपचार आजीवन निःशुल्क हुने भएको छ। ‘एसिड आक्रमणमा परेका पीडितहरुको उपचार सम्बन्धी कार्यविधि २०७८’ले एसिड आक्रमणसम्बन्धी सम्पूर्ण आवश्यक उपचार तथा औषधि खर्च सरकारले व्येहोर्ने स्पष्ट पारेको छ। कार्यविधिअनुसार कस्मेटिक उपचार बाहेकका अन्यमा लागेको खर्च अस्पताललाई सरकारले सोधभर्ना गर्ने जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्