महाकालीमा पानीको बहाव यस वर्षकै उच्च महेन्द्रनगर।महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ।गएराति पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो।यो यस वर्षकै उच्च बहाव हो।महाकालीको बाढीका कारण भीमदत्त नगरपालिका–१२ ऐरीघाटमा स्थानीयवासी विस्थापित भएका छन्।स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।महाकालीमा आइरहेको बाढीले दुई दिनदेखि नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्