देशभर मौसम बदली भइ केही स्थानमा भारी वर्षाको सम्भावना काठमाडौं। आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण प्रदेश–१, प्रदेश–२ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो प्रदेश–१, प्रदेश–२ तथा बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्