एक सातामा बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु, २२ जना बेपत्ता काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी पछिल्लो एक सातामा १७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन्। बाढी, पहिरो र डुबानमा परी २२ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्