चाेरी गरेकाे आरोपमा धनगढीमा ६ जना पक्राउ <p>कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीका विभिन्न स्थानमा चोरी गरेकाे आरोपमा ६ जनालाई पक्राउ गरेको छ। नगद र गरगहना चोरी गर्ने उनीहरूलाई धनगढीको फरक-फरक स्थानबाट पक्राउ गरेको कैलाली प्रहरीकाे भनाइ छ।</p> <p>पक्राउ पर्नेहरूमा&nbsp; वीरगन्ज उपमहानगरपालिका घर भएका रन्जु मुसहर (४०), कलमी मुसहर(७०), उषा मुसहर(१८),जोगिन्द्र मुसहर(६०), जितेन्द्र मुसहर (३०) र वविना मुसहर (२०) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।</p> <p>पक्राउ परेकाहरूबाट ७० हजार नगद र तिलहरीसमेत बरामद् भएको उनले बताए। प्रहरीका अनुसार तीनजनालाई रातो पुल क्षेत्रबाट र तीन जनालाई कञ्चनपुरको डोके बजारबाट पक्राउ गरिएकाे हाे।</p> <p>विभिन्न स्थानमा माग्दै हिंड्ने र मानिस नभएको घरमा प्रवेश गरी लुटपाट मच्चाउने गरेको डीएसपी बस्नेतले बताए। उनका अनुसार यसमा अन्य व्यक्ति पनि संलग्न हुन सक्ने देखिएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्