जोखिममा माथिल्लो तामाकोशी जलविद्युत आयोजना काठमाडौं। तिब्बतमा गएको पहिरोले तामाकोशी नदी थुनिँदा माथिल्लो तामाकोशी जलविद्युत आयोजना जोखिममा परेको छ। थुनिएको नदी फुटेर बाढीको रुपमा आएमा आयोजनाको जोखिम थप बढ्ने छ। आयोजनाका प्रवक्ता गणेश न्यौपानेले आफूहरुले उच्च सतर्कता अपनाइरहेको देखापढीलाई जानकारी दिए। उनले भने, "हामीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आयोजनाको ड्याम खाली गरिसकेका छौं।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्