रसुवा। आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङ बस्ने ४६ वर्षीय सार्की गुरुङको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गुरुङको हत्या गरी फरार रहेका सोही स्थान बस्ने ४१ वर्षीय मिङ्मार सिङ्गी तामाङलाई गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रू बजारबाट आज बिहान पक्राउ गरेको रसुवा प्रहरीले जनाएको छ।
दुई जनाबीच विवाद हुँदा २६ पुस राति तामाङले धकेलेपछि लडेर गम्भीर घाइते भएका गुरुङको स्थानीय स्वास्थ्य चौकी हुँदै जिल्ला अस्पताल धुन्चेमा थप उपचारको क्रममा मृत्यु भएको हो।
घटनापछि फरार रहेका तामाङलाई सीमा प्रहरी चौकी टिमुरेबाट खटिएको प्रहरीले स्याफ्रू बजारबाट पक्राउ गरेको जनाइएको छ।
" /> रसुवा। आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङ बस्ने ४६ वर्षीय सार्की गुरुङको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।गुरुङको हत्या गरी फरार रहेका सोही स्थान बस्ने ४१ वर्षीय मिङ्मार सिङ्गी तामाङलाई गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रू बजारबाट आज बिहान पक्राउ गरेको रसुवा प्रहरीले जनाएको छ।

">