मनमोहन मेमोरियल कपः विनोदको सात विकेट, सुदूरपश्चिम सेमिफाइनलमा
काठमाडौं। विनोद लामा एक्लैले सात विकेट लिएपछि सुदूरपश्चिम प्रदेशले आज मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ।
जितसँगै लगातार दोस्रो जित निकालेको सुदूरपश्चिम अन्तिम चारमा स्थान बनाउन सफल भयो। मलेसिया–११ लाई आठ विकेटले पराजित गरेको सुदूरपश्चिम समूह ‘डी’ बाट शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाएको हो।
यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ। समूह ’ए’ बाट त्रिभुवन आर्मी क्लब, समूह ‘बी’ बाट नेपाल पुलिस क्लब तथा समूह ’सी’ बाट प्रदेश ३ ले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका थिए।
१ माघमा हुने पहिलो सेमिफाइनलमा प्रदेश ३ र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन्। २ माघमा हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन्।
विनोदले सात, शेर मल्लले दुई र विक्रम ठगुन्नाले एक विकेट लिएपछि गण्डकीका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। किशोर महतोले १७ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम प्रदेशका गजेन्द्र बोहराले ३४ रन बनाए। खडक बोहरा १६ तथा अरूण ऐरी १० रनमा अविजित रहे।
प्रतिक्रिया दिनुहोस्