काठमाडौं महानगरले राहत तथा उद्दारका लागि सिन्धुपाल्चोकका दुई पालिकालाई ५०/५० लाख दिने काठमाडौं। काठमाडौं महानगरपालिकाले बाढीपहिरो पीडितलाई राहत तथा उद्दारका लागि सिन्धुपाल्चोकका पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई ५०/५० लाख दिने घोषणा गरेको छ। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाको नवौं अधिवेशनमा यो रकम दिने घोषणा गरेका हुन्। यसअघि मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा गरिसकेका छन्। इन्द्रवति नदीमा आएको बाढीले मेलम्चीबजार लगायतका क्षेत्रमा ठुलो धनजनको क्षति गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्