तनहुँमा एनसेल टावरमा आगजनी

तनहुँ। तनहुँको भिमाद नगरपालिका-५ मिर्छुलुङस्थित एनसेल टावरमा गएराति आगजनी गरिएको छ।

अज्ञात समूहले गरेको आगजनीबाट आगजनीबाट टावरको सबै उपकरण जलेर नष्‍ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले बताए ।

राति ११ बजे टावर बन्द भएको म्यासेज एनसेल कर्मचारीको मोबाइलमा आएको थियो।

बिहान गएर हेर्दा टावर आगजनी भएको अवस्थामा भेटिएको हो।

बिजुलीको मूख्य मिटरबाट लाइन काटेर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको छ।

आगजनीबाट टावरको जेनेरेटर, ब्याट्री, टावरका तारलगायतका सामग्री जलेको छ।

प्रहरीले आगजनी गर्नेको खोजी गरिरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्