सामूहिक बलात्कारका अभियुक्त १४ वर्षपछि पक्राउ सप्तरी। दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। फरारको सूचीमा रहेका आरोपित मुखियालाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्