बूढीगण्डकीको बाढीले बगायो दुई घर गोरखा। धार्चे गाउँपालिका–१ स्थित यारु बगरमा बूढीगण्डकी नदीले केही दिनदेखि परेको लगातारको वर्षाका कारण आएको बाढीले दुई घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले यात्रु बगरका स्थानीय राजकुमार ढकाल र गोपाल घलेको घर बिहीबार साँझ बगाएको हो। ढकालको घर नजिकै रहेको बाख्रासहितको खोरसमेत बगाएको उनले बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्