बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा काभ्रेपलाञ्चोक।भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेका छन्।केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेपछि घर डुबानमा परेका हुन्।घर डुबानमा परेपछि जनप्रतिनिधि,सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा डुबानमा परेका घरपरिवार र उनीहरूका सामान अन्यत्र सारिएको छ। पानी पर्न थालेदेखि स्थानीयबासी घर छाडेर बाहिरै बस्दै आएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्