प्रहरी हवल्दारले आफैंलाई गोली हाने
जाजरकोट। जाजरकोटको नलगाड नगरपालिका-७, स्थित इलाका प्रहरी कार्यालय, दल्लीमा कार्यरत एक प्रहरी हवल्दारले आफैंलाई गोली हानेका छन्।

३५  वर्षीय प्रहरी हवल्दार भोजबहादुर कठायतले आफ्नै कञ्चटमा गोली हान्दा उनको मृत्यु भएको छ।

बाजुरा जिल्ला घर भएका कठायत चार महीनादेखि इप्रका दल्ली जाजरकोटमा कार्यरत थिए।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घटनाका बारेमा छानबिन गर्न टोली परिचालन गरिएको बताए।

उनका अनुसार प्रहरी हवल्दारले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्