देशभर मौसम बदली हुने, केही स्थानमा भारी वर्षाको सम्भावना काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव तथा पश्चिमी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेका कारण आज देशभरको मौसम आंशिक देखि सामान्य बदली रहने छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।दिउँसो देशका धेरै स्थानमा मौसम बदली भई बागमती र प्रदेश–१ का एक÷दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्