भारतको बैंगलोरबाट ७० किलो सुन चोर्ने १२ जना नेपाली !

धनगढी। भारतको बैंगलोर लिंगाराजापुरमा रहेको मुथुट फाईनान्सबाट ७० किलो सुन चोरीमा संलग्न १२ जना नेपालीमध्ये ९ जना अझै फरार छन्।

तीन जनालाई भने भारतीय प्रहरीले बनबासा क्षेत्रबाट पक्राउ गरिसकेको छ।

फाइनान्सका अनुसार चोरी गरेको सुनको मूल्य १६ करोड भारतीय रूपैयाँ (२४ करोड नेपाली रूपैयाँ) बराबर छ।

चोरीमा संलग्न नेपालीहरु सोही फाईनान्समा कार्यरत रहेको मुथुट फाईनान्सकी म्यानेजर संगीताजीले बताएकी छन्।

सीसीटीभी क्यामेरा र सेक्युरिटी अलार्म अफ गरेर उनीहरु सुन चोरेर भागेका हुन्।

उनीहरुले लकरको ढोका ग्याँस कटरले काटेर सुन चोरेको बताईएको छ।

फाईनान्समा चोरी भएको राति त्यसका सुरक्षा गार्ड बिदामा थिए।

चोरीपछि फाईनान्सले केही समयका लागि आफ्नो सेवा बन्द गरेको छ ।

६ पुस राति फाईनान्समा सुन चोरेर भागेकाहरुमध्ये तीन जना दुई दिनअघि भारतको बनबासाबाट नेपाल पस्दै गरेको अवस्थामा आठ किलो सुनसहित पक्राउ परेका थिए।

चोरीमा संलग्न अन्य ९ जना गड्डाचौकीकै नाका भएर नेपाल प्रवेश गरेको भारतीय प्रहरीको आशंका छ।

चोरीमा संलग्न नेपालीका बारेमा मुथुट फाईनान्सले विस्तृत जानकारी गोप्य राखेपनि उनीहरु थापा, खड्का, साँउद थरको रहेको खुलेको छ।